सिटी टेलिभिजन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमा एकजुट्ता हुने हो भने यस ठाउँमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् ।
आइतबार धनुषाको महेन्द्रनगर स्थित नेपाली कांग्रेसका सभापतिको योगेन्द्र पञ्जियारको घरमा भएको चिया पान कार्यक्रममा उनले कांग्रेसको क्षेत्र रहेको यस ठाउँमा फुटेर भन्दा जुटेर हिंडे कोहि कसैले हराउन नसक्ने बताएका बताएका छन् ।
कांग्रेसबाट केही जना फुटेर अरु ठाउँ पुगेको बताउदै यस्ता क्रम रोकिनुपर्ने उनले बताए ।नेता कोइरालाले मधेसमा नयाँ नयाँ पार्टीको उदय पहिले पनि भएको र हाल पनि हुँदै गएको बताउदै यस्ता नयाँ र पुराना पार्टी आइराख्ने हुँदा कांग्रेस बलियो हुनु आवश्यक रहेको बताए ।उनले मधेस सरकारले हालसम्म एक प्रतिशत मात्र रकम खर्च गर्नुले बिकास गर्न नसकेको बताए ।
कार्यक्रममा जिल्ला सभापति योगेन्द्र पञ्जियारले कांग्रेसको अधिबेशनको समय ठिक समयमा राख्न माग गरेका छन् । समय ब्यबस्थापन नहुँदा त्यसको असर स्थानीय तहको चुनाबमा परेको हुँदा समय ब्यबस्थापन ध्यान दिनु पर्ने औल्याए ।कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका कार्यकर्ताको सयौं संख्यामा सहभागीता रहेको छ ।