सिटी टेलिभिजन/जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले सर्वसाधारणहरुलाई चिसो छल्नका लागि नगर भित्रका चोक–चोकमा दाउरा वितरण गरेको छ ।
लगातार चल्ने चिसो हावा र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि नगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा आगो ताप्न दाउराको व्यवस्थापन गरेको जनाइएको छ ।
नगर भित्रको चोकहरु मध्ये विद्यापति चोक,जनक चोक,शिव चोक,राम चोक,शुभ चोक लगायतको शहरी क्षेत्रका विभिन्न चोक तथा टोलमा वितरण गरिएको मेयर मनोज साहले बताए ।
चिसो र शीतलहरको कारण यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ भने दलित बस्तीमा वृद्धवृद्धादेखि बालबालिका नराम्ररी प्रभावित बनेका छन् । दाउरा वितरण भएपछि ठाँउ–ठाँउमा आगो ताप्ने सर्वसाधारणहरुको भीड देखिएको छ ।