हरमुनियम डाक्टर मधेशका विमलले रचे बिश्व रेर्कड, यस्तो छ किर्तिमान

जनकपुर डेस्क

प्रकाशित :  आईत, कार्तिक ११, २०८१ culture

SHARE 1558


National

सिटी टेलिभिजन/जनकपुरधाम। मधेशका सपुतहरु विभिन्न विद्यामा आफनो किर्तिमानी कामहरु दर्ता गराउदै बिश्वमा नाम कमाउने क्रम जारी छ । भारतमा विहार जस्तै नेपालमा मधेश प्रतिभाहरुको जन्मथलो सावित हुदै गएको छ । यस्तै किर्तिमान रचेर हाल चर्चित छन् मधेश सर्लाहीका बिमल साह ।


विमल मधेशको सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१३ निवासी भएपनि हारमुनियम बजाउन नेपालका एकसे एक हस्ती कलाकारहरुलाई सिकाएका मात्र छैनन उनीहरुको हारमुनियम बिग्रदा सम्झिने पहिलो नाम पनि विमल नै भएकाले विमललाई हारमुनियमको विशेषज्ञ डाक्टर पनि भनेर काठमाण्डौंमा चिनिन्छ ।


विमल हालै वल्र्ड बुक अफ रेक्डर्स लन्डनद्धारा सम्मानित भएका हुन । वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका साहलाई अहिले सम्मान थाप्न भ्याईनभ्याई छ ।


उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहितकाले सम्मान गर्दै मधेश र देशको नाम रोशन गरेकोमा बधाई ज्ञापन गरेको छ ।


उनी नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका व्यक्ति हुन् । उनको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत रहेको छ । मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने चरितार्थ गर्ने विमल काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोलेका थिए । २०७३ सालमा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम विक्रि तथा मर्मत पसल खोलेका विमल संग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ ।


उनको हाल तिनवटा गोदाम हारमुनियमबाटै भरेको छ । हार्मोनियम सफा गर्ने, पेच कस्ने कामबाट करिअर सुरु गरेका उनी हाल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै बिश्व किर्तिमान रच्न सफल भएका छन् । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आएका छन् उनले । त्यसैले त उनलाई कतिपयले हार्माेनियमका चिकित्सक (डाक्टर) भन्छन् भने कतिले हार्मोनियमका ‘बादशाह’ भनेर चिन्छन् ।


शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालमा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराएका छन् ।
सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहेकोमा बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उनीसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गरिसकेको बताए ।
सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहेकोमा बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उनीसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गरिसकेको बताए ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट