नवनियुक्त उर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण
जनकपुर डेस्क
प्रकाशित : बिही, सावन ३, २०८१ politics
Province2
जनकपुरधाम । नवनियुक्त मन्त्री शेषनारायण यादवले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री यादवले सिचाई क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् ।
सिचाईका रुग्न श्रोतहरुको मर्मत सम्भार गर्नुका साथै नयाँ ट्युववेलहरु समेत जडान गरेर सिचाईको व्यवस्थापन गर्ने निर्णय उनले गरेका छन् ।
नवनियुक्त मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न श्रोतहरुको पुर्नभरणको कार्यलाई अगाडि बढाउने निर्णय गरेका छन् ।
उर्जा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर वैकल्पिक उर्जाको प्रबन्ध मिलाउने कार्य अघि बढाउने मन्त्री यादवले बताए ।
उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमदले मन्त्री यादवलाई पदभार ग्रहण गराएका छन् ।
यादवसहित पाँच जना मन्त्रीले आज साँझ पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।