मधेशका मुख्यमन्त्री सिंह भन्छन्- प्रदेशबासी अब संघीयताको अनुभूति गर्छन्
जनकपुर डेस्क
प्रकाशित : शुक्र, असार १, २०८१ politics
Province2
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अब प्रदेशबाबी संघीयताको महसुस गर्ने बताएका छन् ।
शुक्रबार मधेश भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रीय पदाधिकारीहरुसंग छलफल गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘विगतको गलत प्रवृत्ति अब समाप्त हुन्छ । अब संघीयताको महसुस हुनेगरी काम गर्छौं ।'
मुख्यमन्त्री सिंले संघीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुनुपर्नेमा जोड दिए । ‘अहिले संघीयताप्रति नकारात्मक सन्देश फैलिरहेको भन्दै संघीयता कार्यान्वयन गराउन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरू सजग रहनुपर्छ,' उनले भने ।
मुख्यमन्त्री सिंहले भ्रष्टाचार बढेपछि संघीयताप्रति नकारात्मक टिकाटिप्पणी भइरहेकाले सुशासनको प्रत्याभूति गराउन कुनै कसर बाँकी रहन नदिने बताए । उनले राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिए ।