जसपा नेपालको केन्द्रीय महासचिबमा दिपक कार्कीको उम्मेदवारी

जनकपुर डेस्क

प्रकाशित :  बुध, जेठ ३०, २०८१ politics

SHARE 628


National

सिटी टेलिभिजन/जनकपुरधाम। धनुषा क्षेत्र नं:१ बाट प्रतिनिधि सभा बाट निर्वाचित पूर्व मन्त्री दिपक कार्की (बाबा)ले जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय महासचिवमा उम्मेदवारी दिएका छन् ।

गाउँ  क्षेत्रस्तरबाट सँघर्ष गरेका कार्कीलाई जसपा नेपालको एकताको अधिवेशनबाट बुधबार उनले केन्द्रीय महासचिब   बन्न उम्मेदवारी दिएका हुन् । 

पार्टीप्रतिको लगनशिलता र क्रियाशिलतालाई मध्यनजर गरी उनलाई  महासचिबको जिम्मेवारीमा मत दिन आग्रह गरे ।


मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भएको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट