धनुषामा संगठन विस्तारको लागि मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा छः यादव

जनकपुर डेस्क

प्रकाशित :  बुध, जेठ ३०, २०८१ politics

SHARE 1285


National

सिटी टेलिभिजन/जनकपुरधाम। धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष (प्रमुख) दिपिनदेव यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


गाउँस्तरबाट सँघर्ष गरेका यादवलाई जसपा नेपालको एकताको अधिवेशनबाट बुधबार उनले केन्द्रीय कमिटीको सदस्य बन्न उम्मेदवारी दिएका हुन् । 

पूर्वी धनुषामा जसपा नेपालको विस्तार र पार्टी सुदृढीकरणमा सक्रिय नेतृत्वको रुपमा चिनिएका यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले आजै केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिएका हुन् । 

पार्टीप्रतिको लगनशिलता र क्रियाशिलतालाई मध्यनजर गरी उनलाई केन्द्रीय सदस्यको जिम्मेवारीमा मत दिन आग्रह गरे । जसपा नेपालको धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको समर्थन र सपोर्ट रहेको यादवलाई मतदाताहरुले विश्वास गर्नुपर्ने प्रचुर अवस्था रहेको बताए । 
उनले पार्टीमा आफ्नो मिहिनेत, परिश्रमको फल प्राप्तिको अवसर पाएको बताउँदै पूर्वी धनुषामा जसपा नेपालको सदस्य उब्जनी, सँगठन विस्तार र मजबुत बनाउने अवसर प्रदान गर्न मतदाताहरुसँग आग्रह गरे । 


सोही क्रममा जसपा नेपालको भातृ सँगठन युवा संघका राजनीतिक यात्रा सुरुवात गरेकी स्मृति मिश्रले समेत केन्द्रीय सदस्यको जिम्मेवारीको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । सँचारकर्मी समेत रहेकी उनले मतदातासँग मत मागिन् ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट