अब एमाले झन निखारिएर आउने र निर्वाचनमा बहुमत प्राप्त गर्ने सह - इन्चार्ज ज्वाला साहकाे ठोकुवा ।

जनकपुर डेस्क

प्रकाशित :  बुध, पौष २८, २०७८ politics

SHARE 199


Province2

सिटि टिभी / पर्सा नेकपा एमाले पर्साकाे ८ औँ जिल्ला अधिबेशन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ ।




उक्त कार्यक्रमको अध्यक्षता नेकपा ( एमाले) का पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा रहेको थियोे भने नेकपा ( एमाले) का महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो ।
साे कार्यक्रममा नेकपा ( एमाले) प्रदेश २  का सह - इन्चार्ज एवम् पोलिटब्युरो ज्वाला साहले नेपालको शक्ति र जनता केपि ओलीमा रहेको दावी गरेकि छिन् । 

देशमा भएका हरेक बिकास र समृद्धि एमालेको पालामा भएको बताउदैँ उहाँले आगामी दिनमा हुने हरेक चुनावमा एमाले एक्लै लड्ने उद्घोष गर्नुभयो । पार्टीलाई एकजुट र मजबुद बनाउदैँ लैजाने अहिलेको मुख्य कार्यभार भएको उहाँको भनाइ थियोे । 
उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए ।
ज्वाला साहले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । 
अहिलेकाे सरकार कामचलाउ रहेको एमाले चाहिन्छ भने तुरुन्तै सरकार ढल्ने समेत प्रतीक्रिया  दिनुभएको छ ।  
पर्मादेशकाे सरकार अहिलेसम्म जनाताकाे लागि केही पनि गर्ने नसकेको अाराेप लगाउनु भयो । 
अब एमाले झन निखारिएर आउने र  निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गर्नुभयो ।
 
एमालेकाे सरकार रहदा देशमा धेरै विकास भएको बताउदै   अाउदाे चुनावमा नेतालाई चिनेर मत दिन समेत आग्रह गरेका हुन । 
 पार्टीलाई एक ढिक्का लिएर अगाडि बढनुपर्नेमा उहाँले जाेड दिएका छन । 


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट