पछिल्लो समय धनुषामा नेकपा एमाले पार्टीमा प्रवेशको लहर ।

जनकपुर डेस्क

प्रकाशित :  सोम, पौष २६, २०७८ politics

SHARE 355


Province2

सिटि टिभी / जनकपुरधाम । पछिल्लो समय धनुषामा नेकपा एमाले पार्टीमा प्रवेशको लहर नै चलेको छ ।



एमालेका सचिव रघुविर महासेठ र पोलिटब्यूरो सदस्य जुली महतो जिल्लामा सक्रिय भए लगतै एमाले प्रवेशको लहर चलेको हो ।
एमालेमा प्रायः नेकपा एमाले समाजवादी, कांग्रेस, जसपा तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु दिनहुँ प्रवेश गर्दै आएका छन् । सोमबार पनि धनुषाधाम नगरपालिकामा एमाले समाजवादीका नेता भगवान साह सचिव महासेठ र पोलिटब्यूरो सदस्य महतोको हातबाट पार्टीको सदस्यता लिदैं एमाले प्रवेश गरेका हुन् । उनी संगै कांग्रेसका नेता श्रीचन मण्डलले समेत एमालेको मूलधारको राजनीतिमा प्रवेश गरेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य असर्फी भिनवार यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले समाजवादीका नेता साह र कांग्रेसका नेता मण्डलले एक्लै पार्टी प्रवेश गरेनन्, उनी संगै आप्mना समूहका सयौं नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएको एमालेका युवा नेता दिपन ठाकुरले जानकारी दिए । उनीहरुको प्रवेश संगै धनुषाधाममा एमाले झन बलियो भएको ठाकुरले बताए ।
कार्यक्रमको प्रमुख अतिथि एमाले सचीव महासेठ र विशिष्ट अतिथि पोलिटब्युरो सदस्य महतो, जिल्ला इन्चार्ज रामचन्द्र मण्डल , मिथिला नपाको मेयर हरिनारायण महतो, शिला यादव , प्रदेश सभा सदस्य किशोरी साह लगायत पार्टीको अगुवा नेताहरुको सहभागिता रहेको थियो ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट