मिथिला विहारी नगपालिकामा नेपाल पिछडावर्ग (OBC) नगरकार्य समिति गठन।

जनकपुर डेस्क

प्रकाशित :  मंगल, पौष २०, २०७८ politics

SHARE 907


Province2

सिटी टिभी / जनकपुरधाम। जसपाको भातृसंगठन नेपाल पिछडावर्ग (OBC) को भेलाबाट मिथिला विहारी नगपालिकामा २१ जना सदस्यकाे नगर कार्य समिति गठन गरिएको छ ।


जसपा नगर कार्य समिति मिथिला विहारी नगरपालिका  नगर अगुवा पिछडावर्ग भेला कार्यक्रमको अायाेजन बाट नेपाल पिछडावर्ग (OBC) नगर अध्यक्षमा सरिफ नदाफ , सचिव सन्तोष ठाकुर, कोसाध्यक्ष पुरुस्तोम यादव लगाएत २१ जना सदस्य चयन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता (OBC) धनुषा  जिल्लाका  जिल्ला सदस्य ओर्मीला पन्दित रहेको थियोे भने  प्रमुख अतिथि  प्रदेश २ का  पुर्ब मन्त्री ज्ञानेन्द्र यादव , विशिष्ट अतिथि सिता रहेको  थियोे ।

नेपाल को संविधान मै रहेको त्रुटीका कारण यस्ता समस्याहरू जन्मीएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधान को त्रृटी हरु सच्च्याउदै सत्ता र शक्तिमा सबै जाती समुदायको सामर्थ्यअनुरुपको पहुँचका लागी जसपाले तिन वटै स्थान बाट एक साथ आवाज उठाई रहेको बताउनु भयो । 

कार्यक्रममा जसपाकि  नगर अध्यक्ष सिता यादवले 
राज्यको विभेदपूर्ण नितिका कारण दलित, आदिवासी जनजाती महिला मुस्लिम सहितका पछि पारिएका समुदाय राज्यको मुल प्रवाहमा आउन नसकेको बताउनु भयो ।
उहाँले मुलुकमा विभिन्न राजनीतिक परिवर्तन हरु भए पनि राज्यको सत्ता र शक्तिमा परिवर्तन हुन नसकेका कारण सर्व साधारण ले संघीय लोकतान्त्रिक गणतन्त्र को अनुभूति गर्न नसकेको उल्लेख गर्नु भयो ।कार्यक्रम आयोजना मिथिला विहारी नगर  कमिटी जसपाकी अध्यक्ष सिता यादवले गरेको थिइन् ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट