सिटि टिभी / धनुषा ।
धनुषाको मिथिला विहारी नगरपालिका सिरसियामा समाजबादि महिला संघको संगठन सुदृढीकरण र जनजागरण (सुज) अभियान सम्पन्न भएको छ ।
मिथिला विहारी नगर कमिटी धनुषा द्वारा आयोजित सुजू अभियान एवम् अभिमुखिकरण कार्यक्रम अायाेजना गरिएको थियोे ।
संगठन विस्तार अभियान अन्तर्गत मिथिला विहारी नगरपालिका सिरसियामा बैठक सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता धनुषा जिल्लाका महिला जिल्ला अध्यक्ष प्रमिला सिहं रहेको थियोे भने प्रमुख अतिथि प्रदेश २ का पुर्ब मन्त्री ज्ञानेन्द्र यादव , विशिष्ट अतिथि सिता यादव रहेको थियोे ।
समाजबादि महिला संघको नगर संगठनमा अध्यक्षमा रेखा देवी यादव र सचिव उर्मिला दास , सदस्य सजन देवी यादव लगायका पदाधिकारीक चयन गरेकी छिन्। साे कार्यक्रम जसपाका नगर अध्यक्ष सीता यादवल आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको बताएकी छिन् ।
समुन्नत समाजवाद, संघीयता, सुशासन र समृद्धि मुख्य विचारधाराका उदय भएको जसपा नेपाल पार्टी वैकल्पिक शक्तिको रूपमा निकट भविष्यमा स्थापित हुने निश्चित रहेको छ ।
मुलुकलाई नयाँ सोंचका साथ अघि बढाउन समुन्नत संघीय समाजवाद नै मार्ग निर्देशक सिद्धान्त भएको दावी गर्नु भयो। अध्यक्ष सिता यादवले संगठन विस्तार अभियानलाई निरन्तरता दिई अघि बढनु पर्नेमा जोड दिए ।
देशको रुढीवादी पार्टी र प्रतिगामी पार्टीहरू ले लोकतन्त्र र संघीयतालाई धरापमा पार्न पटक पटक षड्यन्त्र गर्दै आएको कारण लोकतन्त्र, संघीयता र समावेशिताको रक्षणका लागि वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टीको उदय भएको बताए ।
सुदुढिकरण, सबैले गौरब गर्ने भावनात्मक एकता भएको नेपालसहितको सबैको साझा पार्टीको रुपमा जसपा अघि बढेको बताउनुभयो। सुशासन, समृद्धिका लगायतका मुद्धालाई अघि बढाउन जसपा नेता कार्यकर्तामा इच्छाशक्ति आवाश्यक भएको उहाँको भनाइ थियो ।