विभिन्न पार्टी परित्याग गरी २५ जना भन्दा बढि नेकपा एमालेमा प्रवेश

जनकपुर डेस्क

प्रकाशित :  शनि, पौष १७, २०७८ politics

SHARE 427


Province2

सिटि टिभी / जनकपुरधाम । विभिन्न पार्टी परित्याग गरी धनुषाको धनुषाधाम नगरपालिका वडा नं २ मङलपुरमा २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।


उक्त कार्यक्रमकाे अध्यक्ष्ता नगर नेता बर्मदेब  यादव रहेको थियोे । भने प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य सविता यादव रहेको थिईन । 
धनुषाधाम नगरपालिका वडा नं २ मङलपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमामा नेकपा एमालेका केन्द्रिय सदस्य सविता यादवले नेपाली काँग्रेस र जसपा पार्टी छाडेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुँन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य सविता यादवले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । 
वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ ।  नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने उद्घोष गरेकि छिन्।

साे कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार गंगाराम यादवले अाउने चुनाबमा फेरि नेकपा एमाले का सरकार बनाउन जनतासामु आग्रह गरेको हुन ।

सल्लाहकार गंगाराम यादवले एमालेकाे सरकार रहदा देशमा धेरै विकास भएको र  अाउदाे चुनावमा नेतालाई चिनेर मत दिन समेत आग्रह गरेका हुन । 
अहिलेकाे सरकार कामचलाउ रहेको एमाले चाहिन्छ भने तुरुन्तै सरकार ढल्ने समेत प्रतीक्रिया  दिनुभएको छ ।  
साे कार्यक्रममा धनुषाधामका नगर नेता याेग यादव , अम्बिका , किशोर यादव लगायतका सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


               

Testing image center


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट