जनकपुरमा दसैंको उल्लास : शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो

जनकपुर डेस्क

प्रकाशित :  मंगल, असोज २६, २०७८ culture

SHARE 499


Province2

जनकपुरधाम – दसैं सुरु भएसँगै जनकपुरका शक्तिपीठहरूमा श्रद्धालुहरूको घुइँचो देखिन थालेको छ। वडादसैंअन्तर्गत मंगलबार फुलपातिका दिन शक्तिपीठहरूमा पूजाआजाका लागि पुग्ने श्रद्धालुहरूको भीडभाड बढेको हो।




राजा जनकको कुलदेवता भनिने जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर आकर्षणको मुख्य केन्द्र बनेको छ। राजदेवी मन्दिरमा पूजाआजा गर्न सोमबार मध्यरात देखि नै श्रद्धालुहरूको भीडभाड रहेको पूजा संयोजन गरिरहेका स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।


साहका अनुसार गत वर्षभन्दा यसपटक मन्दिरमा पूजाआजा गर्न आउनेहरूको संख्या बढी देखिएको छ।
राजदेवी मन्दिरका साथै मुर्ती स्थापना गरेर पूजाआजा गरिने मुरली चोकस्थि दुर्गा मन्दिर, रामानन्द चोक, भ्रमरपुरा चोकका साथै पिडडिया माइस्थान, रजौललगायतका स्थानमा श्रद्धालुहरूको भीडभाड बढेको छ।
यसैबीच राजदेवी मन्दिरका साथै पूजा हुने स्थानहरूमा महिला ब्रतालुहरू मंगलबारदेखि नै ‘खोइँछ’ भरिरहेका छन्। मुख्यतः अष्टमी तिथिका दिन ‘खोइँछ’ भर्ने गरिए पनि भीडभाड बढेपछि सप्तमीदेखि नै सुरू गरिएको पूजा आयोजकहरूले जनाएका छन्।
यसका साथै राजदेवी मन्दिरमा प्रसाद चढाउनेहरूको पनि बिहानैदेखि ठूलो लाइन लागेको छ। अष्टमीका लागि प्रसाद चढाउने कार्य मंगलबार मध्यरातदेखि सुरू हुने महावीर युवा कमिटीले जनाएको छ। अष्टमीका दिनमात्रै राजदेवी मन्दिरमा लाखौं श्रद्धालुले प्रसाद चढाउने गरेका छन्।
अष्टमी तिथिको राति राजदेवी मन्दिरमा बोकाबली दिइन्छ। वर्षमा एकपटक अष्टमी तिथिको राति हुने बोकाबलीमा १४ हजारभन्दा बढी बोकाबली हुने गरेको छ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट