महोत्तरीको भंगहा प्रहरी चौकीमा आज भवानी दुर्गामाताको मन्दिर उद्घाटन तथा मुर्ति स्थापना

जनकपुर डेस्क

प्रकाशित :  आईत, असोज २४, २०७८ culture

SHARE 868


Province2

सिटि टिभी महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका वडा ३ मा पर्ने भंगहा प्रहरी चौकीमा आज भवानी दुर्गामाताको मन्दिर उद्घाटन तथा मुर्ति स्थापना गरिएको छ।

भंगहा प्रहरी चौकीको इतिहासमै यो पहिलो उदाहरणीय कार्य गरेको गढिमाई सामुदायिक हस्पिटल भंगहा ५ का संचालक तथा नेकपा माओवादी केन्द्रको युवा नेता अशोक कुमार यादवले बताए ।
भएको छ। २०१८ देखि भंगहामा प्रहरी चौकी स्थापना भएको र लगभग ११३जना भन्दा बढी प्रहरी चौकी प्रमुख यहाँ आएर जानु भयो ।
 तर आज सम्म कसैले जनताको नजरमा उदाहरणीय कार्य गरेको छैन। तर जहिले देखि प्र.ना.नि. भरत प्रसाद सिलवाल आउनु भए त्यही दिन देखी उहाँले सामाजिक कार्य ,समाज सुधार तर्फ निकै राम्रो कामगरिरहनु भएको छ। 
उहाले भंगहा नगरपालिका भरिको बुद्धिजीवी,सामाजसेवी तथा राजनेताहरुलाई बोलाएर मन्दिर निर्माण गर्ने भनेर सहयोगको अपिल गर्नु भयो र यहाँको सम्पूर्ण नगरवासीले सके जति सहयोग गरेर आज ३महिना न बित्दै पुर्न रूपमा तयार भएरमन्दिर पुजा आर्जन सुरु भएको छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रहरी उपरीक्षक  दिनेश कुमार आचार्य हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता भंगहा नगरपालिकाको नगर प्रमुख सन्जिब साहले गर्नु भएको थियो ।
सहयोग गर्नेमा मन्दिरको लागि चाहिने माता दुर्गाको मुर्ति क्षिरेश्वर नगरपालिकाको उधोग बाणिज्यको अध्यक्ष सुरेश यादवले आफ्नो स्वर्गीय बुवा रामु यादवको सम्झना सहयोग गरेका छ्न। त्यससँगै आर्थिक सहयोगमा उधोगी दिनेश महतो,असेसर साह सुडि,फुलि देवि,अशोक कुमार यादव ,देबेन्द्र साह,रन्जित साह,भरत यादव ,सन्तोष सिंह ,अशोक महतो ,चौठी महतो,बिजय मण्डल ,स्वर्गीय धनेश्वर साह,कैलाश साह तथा अन्य धेरै सहयोगीहरुले सहयोग गरेको छ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट