धनुषाको सबैलामा विशाल कलश यात्रा हजारौ श्रद्धालु सहभागी

जनकपुर डेस्क

प्रकाशित :  बिही, असोज २१, २०७८ culture

SHARE 370


Province2

सिटि टिभी / जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा वडा नं. ३ मा पर्ने श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठानद्वारा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ



तराइ मधेशका धनुषाका, महोत्तरी लगयात  विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र ठुलो मानिने गरेको छ ।
  
 
श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको छ ।
 श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाका सचिव नथुनी यादवले सबैलामा रहेको दुर्गा मन्दिरमा लाग्ने देबी भागवतको तथा मेलाको तयारी अन्तिम चरणमा रहको मेला समितिले जनाएको छ ।
 सबैला बजारमा रहेको दुर्गा मन्दिरको प्राङगणबाट बाजागाजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गदै सताेषरधाम कलशमा जलभरेर मन्दिरमा स्थापित गरेकाे यादव बताएका छन ।



 अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व  रहेको यादवले बताए ।
सवैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा लाखौंको भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुनि यादव (हरेराम)को भनाई छ ।
मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट