सिटि टिभी राजविराज । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन् ।
राष्ट्रिय एकता अभियान विष्णुपुर गाउँपालिका समितिले विजया दशमिको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए । उनले भने जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए । “मुख्यमन्त्री लालबाबु राउत आईएसआईको एजेन्ट हो” उनले भने “उपेन्द्र चिनियाँ एजेण्ट र लालबाबु आईएसआईको एजेन्ट, दुवै मिलेर प्रदेश नम्बर २ मा मदरशा विधेयक ल्याएर तालिवान बनाउने योजनामा काम गरी रहेको छ ।” नेपाल सरकारले शिक्षामा उच्च लागनी गरी सरकारी विद्यालय संचालन गरेको र त्यहाँ पढ्नमा कुनै पनि भेदभाव नभएको कारण मदरशा शिक्षाको कुनै आवश्यकता नै नरहेको उनले तर्क गरे । मदरशामा पढेका विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने प्रश्न गर्दे उनले भने “मदरशा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा हो जसलाई अरु कुनै पनि धर्म संस्कृती संग सम्बन्ध छैन् ।” मदरशा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए । धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल गरे । अभियानको जिल्ला सल्लाहकार योगान्द साहको अध्यक्षमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनय कुमार लाल कर्ण, राष्ट्रिय एकता अभियानका उपाध्यक्ष सुनिता साह लगायतले हिन्दु राष्ट्र स्थापनाका लागि सबै सरोकारबालाहरु एक हुनुपर्नेमा जोड दिए ।