जितिया पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको हो ः राज्यमन्त्री उषा यादव ।

जनकपुर डेस्क

प्रकाशित :  मंगल, असोज १२, २०७८ culture

SHARE 334


Province2

सिटि टिभि महोत्तरि मिथिलाञ्चल क्षेत्रको कठोर ब्रतको रुपमा रहेको जितिया पर्वको उपलक्ष्यमा सामाजवादी महिला संघले सोमवार जलेश्वरमा जितिया शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।




जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको छ  ।सो कार्यक्रमको अध्यक्षता महोत्तरि जिल्लाका महिला अध्यक्ष गिता दास रहेको थियो भने  बिशिस्ट अतिथिमा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव रहेको थियो ।  

सामाजवादी महिला संघद्वारा  आयोजित जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संम्वोधन गर्र्दा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले  जितिया पर्वको महत्व माथि प्रकाश पर्दै यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताए । खास गरेर निकै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गर्ने चलन रहेको उहाले बताए । 


दुई दिनको कठोर ब्रत जितिया अन्तर्गत ब्रतिहरुले सोमवार नहाय खाय विधि गर्नेछन् । मङलवार विहान अबेर राति नै ओठगन अर्थात दही च्युरा खाएर ब्रतको शुभारम्भ गर्ने र दिनभरि र रातभरि तथा बुधवार दिउँसो तीन बजे तीर पर्वको समापन गर्ने कार्यक्रम रहेको छ ।यस पर्वमा अधिकांश महिलाहरुले जल पनि सेवना गर्ने गरेका छैनन् । सोमवार नहाय खायका दिन ब्रतिले कोदोको रोटी र माछा खानेछन् । कतिपयले शाकाहारी समेत खाने गरेका छन् । अरु ब्रतमा नहाय खायका दिन शुद्ध खाने कुरा खाएपनि यस पर्वमा महिलाहरुले कोदाको रोटी तथा माछा खाने गरेका छन् ।






Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट