सिटि टिभि महोत्तरि
मिथिलाञ्चल क्षेत्रको कठोर ब्रतको रुपमा रहेको जितिया पर्वको उपलक्ष्यमा सामाजवादी महिला संघले सोमवार जलेश्वरमा जितिया शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रमको अध्यक्षता महोत्तरि जिल्लाका महिला अध्यक्ष गिता दास रहेको थियो भने बिशिस्ट अतिथिमा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव रहेको थियो । सामाजवादी महिला संघद्वारा आयोजित जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संम्वोधन गर्र्दा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादबले यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताउदै खास गरेर निक्कै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थयको कामना सहित गर्ने चलन रहेको उहाको भनाई थियो । अध्यक्ष उपेन्द्र यादबले जितिया पर्वको महत्व परापूर्वकालदेखि नै भएपनि यसको प्रचार प्रसार कमै मात्रामा हुने गरेको बताउँदै अहिले आएर प्रचार प्रसार बढेकोमा खुशी व्यक्त गर्दै पर्व गर्ने सवै महिलाहरुलाई शुभकामना दिए । प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जितिया पर्वको महत्व माथि प्रकाश पर्दै यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताए । खास गरेर निकै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गर्ने चलन रहेको उहाले बताए । दुई दिनको कठोर ब्रत जितिया अन्तर्गत ब्रतिहरुले सोमवार नहाय खाय विधि गर्नेछन् । मङलवार विहान अबेर राति नै ओठगन अर्थात दही च्युरा खाएर ब्रतको शुभारम्भ गर्ने र दिनभरि र रातभरि तथा बुधवार दिउँसो तीन बजे तीर पर्वको समापन गर्ने कार्यक्रम रहेको छ ।यस पर्वमा अधिकांश महिलाहरुले जल पनि सेवना गर्ने गरेका छैनन् । सोमवार नहाय खायका दिन ब्रतिले कोदोको रोटी र माछा खानेछन् । कतिपयले शाकाहारी समेत खाने गरेका छन् । अरु ब्रतमा नहाय खायका दिन शुद्ध खाने कुरा खाएपनि यस पर्वमा महिलाहरुले कोदाको रोटी तथा माछा खाने गरेका छन् । जसपा नेपालका नेतृ निर्माला यादबले यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताउदै खास गरेर निक्कै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थयको कामना सहित गर्ने चलन रहेको उहाको भनाई थियो । यता जसपा पार्टी नेपालका महोत्तरी जिल्ला गीता देवी दासले खास गरेर निकै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गर्ने चलन रहेको उहाले बताए । । महोत्तरीको जलेश्वरनाथ नगरपालिका वडा नम्बर– २ मा विभिन्न पार्टीहरु परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् । सामाजवादी महिला संघद्वारा जितियाको शुभकामना आदान प्रदान कार्यक्रममा नव प्रवेसी महिलाहरुलाई जसपा नेपालका रास्ट्रिय अध्यक्ष यादवले स्वागत समेत गरे । जसपा पार्टी नेपालका महोत्तरी जिल्ला गीता देवी दासको अध्यक्षतामा पार्टी प्रवेश गरेको थियो । साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरुको परित्याग गरि करिब ३०० जना जसपामा प्रवेश गरेको छ । विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको नवप्रबेशी नेता तथा कर्याकर्ताहरुलाई जसपा नेपाल का रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गम्छा र अबिर लगाई पार्टीमा स्वागत गरेको थियो ।